Like us!
Follow us!
Connect us!
Watch us!

४.७ मेगावाटको आयोजना रहेको चिरख्वा हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्दै

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, ०८ : ११ मा प्रकाशित

४.७ मेगावाटको आयोजना रहेको चिरख्वा हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्दै

चिरख्वा हाइड्रोपावर लिमिटेडको पहिलो चरणको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर  बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनीले चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि निष्काशन  गर्ने लागेको हो ।

कम्पनीले ८ लाख ५९ हजार ३०० कित्ता सेयर प्रति सेयर १०० रुपैयाँका दरले  सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको  सहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो तर  २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीले जनाएको छ।

तेस्तै पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतम -१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् 

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा असोज २६ गते हुनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ३ गतेसम्म लम्बिनेछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

परियोजना र लागत 

कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना रहेको छ।  यस आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको