Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोको स्थगित साधारणसभा असोज १९ गते बस्दै

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, १० : ३० मा प्रकाशित

जोशी हाइड्रोको स्थगित साधारणसभा असोज १९ गते बस्दै

गणपूरक संख्या नपुगेपछि अघिल्लो मितिमा स्थगित जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा असोज १९ गतेका लागि आह्वान गरिएको छ ।

असोज १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १९ गते आठौं साधारणसभा डाकेको हो । काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बिहान १० बजे सभा हुने जनाइएको छ । यस अघि भदौ ३१ गतेका लागि साधारणसभा मिति तय भएको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायत प्रस्ताव पारित हुनेछ । सभाले हकप्रद जारीपछि हुने कम्पनीको पुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र निमयावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वार्षिक साधारणसभाका लागि कम्पनीले गत भदौ १८ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको