Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाले कार्तिक ३ मा बोलायो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, ११ : ३३ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाले कार्तिक ३ मा बोलायो साधारण सभा, लगानीकर्तालाई छैन लाभांश

नेपाल रिपब्लिक मिडियाले कार्तिक ३ गते शुक्रबारका लागि कम्पनीको साधारण सभा आह्वान गरेको छ ।

असोज ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको हो । कार्तिक ३ गते काठमाडौंको जडिबुटीस्थित इन्द्रेणी ब्याङ्क्वेटमा बिहान १०:३० बजे बैठक बस्ने जनाइएको छ । कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांशको व्यवस्था भने नगर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि असोज २१ गते कम्पनीले बुकक्लोज मिति तय गरेको छ ।

प्रकाशित सूचना अनुसार साधारणसभामा २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरि पारित गर्ने, सोही आवको लेखापरीक्षकको प्रतिवेदन र अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने तथा आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव राखिएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक संचालक नियुक्त गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको