Like us!
Follow us!
Connect us!
Watch us!

दोलखामा थप तीन किलो सुन बरामद, ६ पक्राउ

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, १७ : ०६ मा प्रकाशित

दोलखामा थप तीन किलो सुन बरामद, ६ पक्राउ

दोलखामा चार किलो सुन बरामद भएको दुई दिन नबित्दै थप ३ किलो सुन बरामद भएको छ ।

बुधबार ४ किलो सुनसहित पक्राउ परेका केशर तामाङको डेराबाट प्रहरीले थप तीन किलो बरामद गरेको हो । बुधबार दोलखाको सिंगटीबाट ४ किलो सुनसहित बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ पक्राउ परेका थिए ।

यसैगरी सुन ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले बिगु-१ घर भएका राज तामाङलाई पनि पक्राउ गरेको छ । प्रहरीले उनीहरुविरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० विरुद्धको कसुरमा म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको