Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई बैंकको १४ लाख भन्दा बढी कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत हुँदै

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १४ : ०५ मा प्रकाशित

एसबिआई बैंकको १४ लाख भन्दा बढी कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत हुँदै

नेपाल एसबिआई बैंकको १४ लाख भन्दा बढी कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको छ ।

उक्त बैंकले जारी गरेको "९% नेपाल एसबिआई बैंक ऋणपत्र -२०८९" को कुल १४ लाख १८ हजार तीन सय ६६ कित्ता डिबेञ्चर नेप्सेमा सूचीकृत भएको हो । एक हजार रुपैयाँ अङ्कित तथा चुक्ता मूल्य भएको उक्त डिबेञ्चर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको