Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १२ : ३७ मा प्रकाशित

नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि दिएको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले अघिल्लो वर्ष ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका निमित्त थप ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

यस अनुसार अब कम्पनीको थप ५८ लाख १० हजार ४ सय ३७.५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीको पुँजीगत संरचना अनुसार भने यसको १६ प्रतिशत मात्रै पब्लिक सेयर रहेको छ । नेपाल रिइन्स्योरेन्सको सेयर समाचार तयार पार्दाको समयमा प्रतिकित्ता ६६२.३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको