Like us!
Follow us!
Connect us!
Watch us!

नीतिगत परिवर्तनले सेयरबजारलाई असर गर्यो : नेपाल उद्योग वाणिज्य महासंघ

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १६ : ०६ मा प्रकाशित

नीतिगत परिवर्तनले सेयरबजारलाई असर गर्यो : नेपाल उद्योग वाणिज्य महासंघ

नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर गरेको नेपाल उद्योग वाणिज्य महासंघले ठहर गरेको छ।  पूंजीबजारको विद्यमान अवस्थाबारे महासंघले नीतिगत आज एक विज्ञप्ति निकाल्दै व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्न नियामकसंग माग गरेको छ। 

केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पूंजीबजारमा उतार चढाव आएको महासंघको बुझाई छ । विज्ञप्तिमा भनिएको छ "मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई - संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ । सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूंजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्ध व्यवसायीहरुको माग रहेको छ ।"

पूंजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै पुंजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न पनि महासंघले आग्रह गर्दछ । यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको महासंघको बुझाई छ  ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको