अहिले राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसिरहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आजै साँझ सञ्चालक समिति (बोर्ड) बैठक बस्नेछ । व्यवस्थापन समितिले तयार पारेको ड्राफ्टलाई बोर्ड बैठकले निर्णयार्थ छलफल गर्दै पारित गर्ने गर्दछ ।
व्यवस्थापन समितिको ड्राफ्ट बाहेक बोर्ड बैठकमा बोर्डका अध्यक्ष रहेका गभर्नरले आफ्नो अधिकार प्रयोग गरी केही नीतिगत विषयवस्तु पनि छलफल गराउन सक्छन् । राष्ट्र बैंक भित्रका विभागिय प्रमुखहरू सम्मिलित व्यवस्थापन समितिको बैठकमा विभागहरुमा तयार पारेको टिप्पणीलाई छलफल गरी बोर्ड बैठकको लागि ड्राफ्ट तयार गर्ने गरिन्छ । अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस