Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोडको सीमा बारे सर्कुलर जारी गर्न बोर्ड बैठकले निर्णय गर्नै पर्दैन : बोर्ड सदस्य डा.पुष्कर

लोकेन्द्र ढकाल

बुधबार, १० असोज २०८०, १३ : ०१ मा प्रकाशित

१२ करोडको सीमा बारे सर्कुलर जारी गर्न बोर्ड बैठकले निर्णय गर्नै पर्दैन : बोर्ड सदस्य डा.पुष्कर

नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) का पदेन सदस्य रहेका अर्थ सचिव डा.कृष्णहरि पुष्करले शेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमाका बारेमा सर्कुलर जारी गर्न राष्ट्र बैंकको बोर्ड बैठकले निर्णय गर्ने नपर्ने बताएका छन् । अर्थ संसारसँगको कुराकानीमा अर्थ सचिव तथा बोर्ड सदस्य डा.पुष्करले भने, ' विगतमा पनि यस्ता सर्कुलरहरु जारी हुँदा बोर्डले निर्णय गराई रहनु पर्दैन थियो र अहिले पनि पर्दैन ।' उनले गभर्नर ज्यू बाट छिट्टै नै पूँजीबजारमा समस्या समाधान हुनेगरी सर्कुलर आउने बताए ।

गभर्नर महाप्रसाद अधिकारी आईएनएफको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन असोज २० गते मोरक्को जाँदैछन् । राष्ट्र बैंक उच्च स्रोतका अनुसार गभर्नर अधिकारी मोरक्को जानु अघि कुनै पनि दिन १२ करोडको शेयर धितो कर्जाको सीमाका बारेमा सर्कुलर जारी हुने बताउँछ । स्रोत भन्छ, पूँजीबजारको १२ करोडको सीमा संशोधन गर्ने बारे गभर्नर अधिकारी अहिले पुरै सकारात्मक छन् । राष्ट्र बैंक भित्रको केही प्रकिया पूरा गरेर गभर्नर अधिकारीले सर्कुलर जारी गर्ने राष्ट्र बैंक उच्च स्रोतले अर्थ संसारलाई बतायो । अहिले गभर्नर अधिकारीलाई सेयर कर्जाको १२ करोडको सीमा चलाउन चौतर्फी दबाब परेको बताइन्छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत आवश्यक संशोधन गर्ने अडान लिँदै आएका गभर्नर अधिकारी दशैं अघि नै संशोधन गर्न सहमत भई सकेको स्रोत बताउँछ । स्रोत भन्छ, गभर्नर ज्यूको आफ्नै शैली छ । दबाव पर्दैमा उहाँ तुरुन्त निर्णय गर्ने गर्नु हुन्न । तर अहिले परिस्थिति फरक छ । गभर्नर अधिकारीलाई शेयर धितो कर्जा सीमाको दायरा संशोधन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्म लम्बाउन गभर्नर अनुकूलको परिस्थिति कहीं कतै देखिदैन् ।

यता, अर्थ मन्त्रालय स्रोत भन्छ, गभर्नरले दशैं अघि सेयर कर्जा सम्बन्धी १२ करोडको सीमा संशोधन नगरे राष्ट्र बैंक बोर्ड बैठकमा गभर्नर अधिकारीले पनि अल्पमतको चुनौती सामना गर्नु पर्ने बाताबरण बन्न सक्छ । अहिले राष्ट्र बैंक बोर्डमा गभर्नर अधिकारी अल्पमतमा छन् । अर्थ मन्त्रालय स्रोत भन्छ, तर त्यहा सम्मको परिस्थिति नबनोस् भन्ने हाम्रो चाहना हो । राष्ट्र बैंक स्थित गभर्नर स्रोत पनि अल्पमत बहुमतको अंक गणितीय परिस्थिति सामना गर्न गभर्नर अधिकारीलाई अहिले अनुकूल अवस्था छैन । त्यसैले गभर्नर अधिकारीले 'विन विन सिचुएशन' परिस्थिति खोज्दैछन् । स्रोत भन्छ, त्यो भनेको गभर्नरले दबाबमा परेर निर्णय गरेको जस्तो पनि नपार्ने र राष्ट्र बैंकले आफनै अनुसन्धानबाट निर्णय लिए जस्तो बनाउने । हाल शेयर धितो कर्जामा १२ करोडको अधिकतम सीमा कायम छ । यही सीमाका कारण सेयर बजार घटेको सेयर बजार जानकारहरुले बताउँदै आएका छन् । राष्ट्र बैंकले पनि १२ करोडको सीमालाई चलाउन अहिले सकारात्मक रहेको बताइन्छ । स्रोत अनुसार सेयर धितोको व्यक्तिगत सीमालाई २५ करोड सम्म पुर्याइने चर्चा छ । संस्थागत लगानीकर्ताको हकमा राष्ट्र बैंक धेरै लचिलो रहेको सम्बद्ध स्रोतहरु बताउँछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको