अर्थ संसार, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ प्रतिशतले चुक्तापूँजी बढाएका वाणिज्य बैंकहरूको नाफा ५ दशमलव ८३ प्रतिशतले मात्र बढेको छ ।
हालसम्म सार्वजनिक १७बैंकको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त वृद्धि देखिएको हो । यो त्रैमासमा १७ ओटै बैंकले चुक्तापूँजी बढाए पनि नाफा भने धेरैको कमी आएको छ ।
हालसम्म सार्वजनिक यी बैंकमध्ये ७ बैङ्कको नाफामा कमी आएको हो । ती बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने अभियानमा हकप्रद तथा बोनस सेयर निष्कासनले गर्दा नाफामा कमी आएको बताएका छन् ।
यो त्रैमासमा चुक्तापूँजीमा सबैभन्दा बढी जनता बैंकले वृद्धि गरेको छ । गतवर्ष २ अर्ब ६ करोड रहेकोमा यो वर्ष २ सय ४० प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार पुर्याएको छ ।
त्यस्तै सबैभन्दा बढी नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले ४२ प्रतिशतले बढाएर ७० करोड ८७ लाख ३६ हजार नाफा कमाएको हो । यस बैंकका ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार चुक्तापूँजी रहेको छ ।
हालसम्म सार्वजनिक वित्तीय अवस्थालाई हेर्दा राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब चुक्तापूँजी १० बैंकहरूले पुर्याएको देखिन्छ ।
कृषि विकास बैंक, ग्लोबल आइएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गत असार मसान्तमै तोकिएबमोजिमको चुक्तापूँजी पुर्याइसकेका छन् । यस त्रैमासमा आएर सिटिजन्स, नबिल, सानिमा, सनराइज र एनआईसी एशिया बैंकले चुक्तापूँजी पुर्याएका हुन् ।
राष्ट्र बैंकले गत असार मसान्तभित्र पूँजी पुर्याउन वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । सो समयमा ५ बैंकहरू वाहेक अन्यले पूँजी पुर्याउन सकेनन् । राष्ट्र बैंकले मौद्रिक नितिमा पूँजी पुर्याउन बाँकी बैंकहरूले आव २०७३र७४ को बाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा पुर्याउन सकिने व्यवस्था गरेको छ ।
सो अनुरूप तोकिएको चुक्तापूँजी नपुगेमा विद्यमान व्यवस्थाअनुरूप नगद लाभांश र बोनस सेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजानेलगायत कारबाहीको व्यवस्थालाई समेत राष्ट्र बैंकले मौद्रिक नीतिमा समेटेको छ । अभियानबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस