Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

आइतबार, २१ असोज २०८०, १५ : ५३ मा प्रकाशित

सानिमा बैंकको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

सानिमा बैंकको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको ९ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । उक्त कम्पनीको भोलि अर्थात असोज २२ गते एक दिन बुक क्लोज हुनेछ । समायोजित मूल्य अनुसार सोमबार सानिमा बैंकको कारोबार २४७.४३ रुपैयाँमा खुल्नेछ । आज बैंकको अन्तिम कारोबार २ सय ६९.७ रुपैयाँमा भएको थियो ।

सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगदसहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको लाभांश घोषणा गरेका थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको