Like us!
Follow us!
Connect us!
Watch us!

तीन वर्षमा काठमाडौँ महानगरको बेरोजगारी समस्या हल गर्न बालेनको यस्तो छ योजना

अर्थ संसार

आइतबार, २१ असोज २०८०, १७ : ३८ मा प्रकाशित

तीन वर्षमा काठमाडौँ महानगरको बेरोजगारी समस्या हल गर्न बालेनको यस्तो छ योजना

तीन वर्षमा काठमाडौँ महानगरको बेरोजगारी समस्या हल गर्न काठमाडौँ महानगरले समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याएको छ।

रोजगारीको अवसर र आयवृद्धिको उद्देश्यका साथ महानगरले हरेक वर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ उक्त योजना अघि सारेको हो । उक्त योजना अनुसार महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरिनेछ ।

उक्त श्रम बैंकले रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने महानगरले विश्वास लिएको छ । महानगर का स्थायी बासिन्दा, करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नेछन् । यसरी श्रम बैंक मा आबद्द भएका दक्ष कामदारहरुलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने महानगरको तयारी छ ।

यसैगरी अर्धदक्ष जनशक्ति लाइ स्कील अपग्रेडको लागि तालिम दिई काममा लगाउने र अदक्ष कामदारहरुलाई रोजगारी र आयवृद्धिका लागि समृद्धि गौरब योजनामार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने महानगर को उद्देश्य रहेको छ । श्रम बैंकमा आबद्द जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकासलगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने वा महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरुमा रोजगारीको अवसर दिने महानगरको योजना छ ।

यसैगरी महानगरको श्रम बैंक एपमार्फत पार्ट टाइम जबमा रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटके का रुपमा जुनसुकै कामहरु गर्न मिल्ने गरि पनि व्यवस्था मिलाइने महानगरको तयारी छ । सबै किसिमका कामदारहरुलाई काम गर्दा अनिवार्य इन्सुरेन्स गरिनेछ ।

महानगरले गौरवको योजनाअन्तर्गत विभिन्न १५ स्थानहरुमा आफ्नै ट्रेनिंग सेन्टरको पनि स्थापना गर्नेछ ।
ती सेन्टररमा बाह्रै महिना बिहान देखि साँझसम्म रेगुलर तालिम संचालन गरिनेछ जसका लागि महानगरले बजार मुखी पाठ्यक्रम निर्माणको समेत काम गरिरहेको जनाइएको छ । निजि क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवश्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवश्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था पनि महानगरले गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको