Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार प्रतितोला तीन सयले बढ्यो सुनको भाउ

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १० : ५९ मा प्रकाशित

मङ्गलबार प्रतितोला तीन सयले बढ्यो सुनको भाउ

मङ्गलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन बढे पनि चाँदीको भाउ भने प्रति तोला पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । एक साता अघि प्रति तोला १ लाख ६ हजार ६ सय सम्म झरेको सुन अघिल्लो बुधबारदेखि उकालो लाग्न थालेको थियो । सुनको भाउ त्यसयता दुई हजार तीन सयले वृद्धि भइसकेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको