Like us!
Follow us!
Connect us!
Watch us!

आधा किलो सुनसहित एक पक्राउ

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १४ : २९ मा प्रकाशित

आधा किलो सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको प्रहरीले जनाएको छ । धामीले टिभीको भित्रपट्टी लुकाएर ५ सय १० ग्राम सुन ल्याएको जनाइएको छ । उनी मलेसियन एयरको विमानमार्फत मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पछिल्लो समय लगातार तस्करीको सुन प्रहरीले नियन्त्रणमा लिए पनि सुन तस्करीमा कमी आएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको