सानिमा माई हाइड्रोपावरको सेयरमूल्यमा समायोजन गरिएको छ । आज उक्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो ।
नेप्सेले कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको लाभांश दर अनुसार आज कायम अन्तिम कारोबार मूल्य तीन सय २७ रुपैयाँमा समायोजन गरेको हो । समायोजित मूल्य अनुसार अब बुधबार सानिमा माईको सेयर कारोबार दुई सय ९७ रुपैयाँ २७ पैसामा खुल्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सानिमा माई हाइड्रोले काठमाडौंको सुकेधारामा रहेको सेलेब्रेसन हाइटमा कात्तिक २३ गते बिहीबारका लागि बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि एकदिन कम्पनीको बुक क्लोज हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस