Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फन्डले इकाईधनीको खातामा शुक्रबारदेखि लाभांश पठाउँदै

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १० : १९ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फन्डले इकाईधनीको खातामा शुक्रबारदेखि लाभांश पठाउँदै

सनराइज फर्स्ट म्युचुअल फन्डले आर्थिक वर्ष २०७९/८० को मुनाफा र सञ्चित कोषबाट घोषणा गरेको लाभांश खातामा शुक्रबार देखि पठाउने भएको छ ।

लक्ष्मी सनराइज बैंक कोष प्रबर्द्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले आफ्ना इकाईधनीहरुलाई करसहित १६ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । लाभांश वितरण प्रयोजनार्थ फन्डले अक्टोबर १ तारिखका लागि एक दिन एकाईधनी दर्ता किताब बन्द गरेको थियो ।

सोही अनुसार अक्टोबर १ तारिख अघिसम्म अभौतिक इकाई धारण गरेका इकाईधनीलाई योजनाले असोज २६ गतेदेखि बैंक खातामै नगद लाभांश पठाउन शुरु गरेको हो । उक्त योजनाले आव ०७७/७८ मा ५० प्रतिशत तथा आव ७८/७९ मा १२ प्रतिशत नगद प्रतिफल दिएको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको