नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले असोज २६ गते शुक्रबार बसेको साधारणसभाबाट पूर्वघोषित लाभांशलाई संशोधनसहित पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफा र २०७८/७९ को खुद मुनाफाबाट कम्पनीले १७.६३४१ प्रतिशत लाभांश घोषणा गरेकोमा साधारणसभाबाट उक्त लाभांशदर घटाएर १५ प्रतिशत कायम गरि संशोधित लाभांश पारित गरिएको हो ।
कम्पनीले अब २५ करोड ५० लाख चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबर नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको हो । सोही लाभांश बमोजिम सञ्चालक समितिबाट प्रमाणित वित्तीय विवरण तथा अनुसुचीहरुलाई वार्षिक प्रतिवेदनमा समावेश गरी प्रकाशन गर्ने निर्णय पनि साधारणसभाले पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस