Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १४ : ५७ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो

नेपाल राष्ट्र बैंकको पछिल्लो दुई महिनाको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको देखाएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । रोजगारीका लागि जानेको संख्या घटेपनि पछिल्लो दुई महिनामा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई रु.२२८ अर्ब ३७ करोड पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको