Like us!
Follow us!
Connect us!
Watch us!

घट्दैछन् वैदेशिक रोजगारीमा जाने नेपाली

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १५ : ३३ मा प्रकाशित

घट्दैछन् वैदेशिक रोजगारीमा जाने नेपाली

नेपाल राष्ट्र बैंकको पछिल्लो तीन महिनाको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको देखाएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २३.३४ प्रतिशतले कमी आई एक लाख १३ हजार तीन सय ९७ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १४.८ प्रतिशतले कमी आई ४९ हजार दुई सय ९७ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ४७ हजार नौ सय ३२ र पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या ५७ हजार आठ सय ६१ थियो । रोजगारीका लागि जानेको संख्या घटेपनि पछिल्लो दुई महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको