Like us!
Follow us!
Connect us!
Watch us!

रसिया र युक्रेन जान अब श्रम स्वीकृति नपाइने

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १७ : ४७ मा प्रकाशित

रसिया र युक्रेन जान अब श्रम स्वीकृति नपाइने

वैदेशिक रोजगार विभागले रसिया र युक्रेन जान श्रम स्वीकृति नदिने भएको छ ।

विभागले आज एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ती देशका लागि श्रम स्वीकृति स्थगन गरिएको जनाएको हो । रसिया र युक्रेनबीच युद्ध जारी रहेको तथा नेपाली युवा रुसी सेनामा भर्ना भई युद्धमा निधन भएको उल्लेख गर्दै हुनसक्ने थप क्षतिलाई न्यूनिकरण गर्न श्रम स्वीकृति स्थगन गरेको विभागले जनाएको छ ।

रुस-युक्रेन युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् । उक्त विषयमा छानविन भइरहेको हुँदा वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा रसिया जान रोकिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको