Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली युवामा कोरियाको आकर्षण,१ लाख युवा श्रम बजारमा

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १३ : ४५ मा प्रकाशित

नेपाली युवामा कोरियाको आकर्षण,१ लाख युवा श्रम बजारमा

नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ । देशमा उपयुक्त रोजगारीको सुनिश्चित नहुँदा दैनिक हजारौको हाराहारीमा नेपालीहरु विदेशिने गरेको सरकारी तथ्यांकले देखाउछ ।  

२०६४ (२००८) देखि चालु आर्थिक बर्षको गत पुस महिनासम्म नेपालबाट १ लाख १ हजार ७ सय ७३ नेपाली युवा श्रमका लागि कोरिया गएको तंथ्याकले देखाउछ । 

सरकारले हालसम्म करिब दर्जन देशसँग मात्रै श्रम सम्झौता गरेको छ । दर्जनको हाराहारीमा श्रम सम्झौता गरे पनि त्यसमध्ये नेपाली युवाहरुको पहिलो रोजाइ दक्षिण कोरिया बनेको छ । नेपाल सरकारले दक्षिण कोरियासँग सन् २००७ सालमा श्रम सम्झौता गरेको थियो ।

इपिएस प्रणालीमार्फत् २००८ देखि नेपाली श्रमिक लैजान थालेको हो । सो वर्ष ३१ हजार ५ सय २५ जनाले आवेदन दिएका थिए । पहिलो साल कोरियाले दुई हजार सात सय ३३ जना पुरूष र ८१ जना महिला गरी कुल दुई हजार आठ सय १४ जना श्रमिक लगेको थियो । 
त्यसपछि सबभन्दा धेरै आवेदन २०१९ मा परेको थियो । उक्त वर्ष ९२ हजार जना भन्दा धेरैले आवेदन दिएका थिए ।  

कोरियाका लागि यति धेरै आकर्षणको कारण भनेको कोरियामा हुने कमाइ र अर्को मुख्य कारण आर्थिक लगानी हो । शून्य लागतमा जान सकिने र नेपाली श्रमिकहरुले कोरियामा मासिक २ देखि ६ लाख रुपैयाँसम्म कमाउन सकिने भएकाले पनि अधिकांश युवाहरु कोरिया जान वर्षौंदेखि भाषा परीक्षाको तयारी गरिरहेका हुन्छन् । 

यो सँगै कोरियाली सरकारले १६ राष्ट्रसँग गरेको रोजगार अनुमति प्रणाली ‘ईपीएस’मार्फत् भाषा परीक्षा पास गरेर सिधै जान सकिने भएकाले पनि कोरियाका लागि युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको आंकलन गर्न सकिन्छ  । 

ईपीएसमा कोरिया सरकारले प्रत्येक वर्ष आफ्ना उत्पादन, निर्माण, कृषि र पशु प्रजनन, सेवा र मत्स्यपालनका लागि कामदारहरुको कोटा जारी गर्दै आएको छ । सोहीअनुसार भाषा पास गरेर मजदुरहरु कोरिया जाने गर्छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको