Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्त छैठौं वर्षमा प्रवेश

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १५ : १७ मा प्रकाशित

महिला लघुवित्त  छैठौं वर्षमा प्रवेश

महिला लघुवित्त वित्तीय संस्था आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ।  संस्थाको केन्द्रिय कार्यलाय बनेपा-१३ साँगा काभ्रेमा रहेको छ।  छैठौं वर्षमा प्रवेश गरेको संस्थाले सम्पूर्ण ग्राहक, सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, विज्ञ,सञ्चार क्षेत्र तथा कर्मचारीप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ ।

कम्पनीको पृष्ठभूमि :

सामाजिक परिचालन र गरिवी न्युनिकरणको कार्य गर्ने गरी गैरसरकारी संस्थाको रुपमा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा वि.सं.२०५० सालमा दर्ता भएको महिला अधिकार तथा विकास केन्द्रले वि.सं. २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थतकर्ताको इजाजतपत्र प्राप्त गरी काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका अर्न्तगत केही वडाहरुमा लघुवित्त कार्यक्रम सुरु गरी वि.सं.२०७५ साल असोज मसान्तसम्म देशका विभिन्न १७ जिल्लाका ३३ शाखा कार्यालय मार्फत २५ हजार ५ सय २४ परिवारमा वित्तीय सेवा सञ्चालन भईरहेको थियो । उक्त केन्द्रले सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रमलाई नेपालको ग्रामीण तथा शहरी क्षेत्रका विपन्न एवं लक्षित वर्ग तथा समुदायका व्यक्तिहरुको दीगो तथा भरपर्दो लघुवित्तीय सेवाको माध्ययमबाट आर्थिक तथा सामाजिक जीवनस्तर माथी उठाई गरिबी न्यूनीकरण गरी समग्र राष्ट्रिय आर्थिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अन्तर्गत नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको उक्त केन्द्रको अगुवाईमा माछापुच्छ्रे बैंक र लामो समयदेखि लघुवित्त क्षेत्रको अनुभव हाँसिल गरेका व्यक्तिहरुको संयुक्त लगानीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट स्थापना कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौमा २०७५ साल जेठ २४  गते दर्ता भई मिति २०७५ आश्विन २२  गते वित्तीय कारोवार गर्न अनुमति पाएको र २०७५ साल कार्तिक १ गते देखि औपचारिक रुपमा केन्द्रबाट हस्तानान्तरण भई आफ्नो कारोवार सञ्चालन गर्दै आएको छ। 

कार्यक्षेत्र तथा कार्य प्रगति:
संस्थाले विपन्न वर्गका व्यक्तिहरुलाई सरल, सहज, प्रभावकारी, दीगो र भरपर्दो लघुवित्तीय कारोवार सञ्चालन गरिरहेको छ। संस्थामा आवद्ध सदस्यहरुको हितार्थ ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व सम्बन्धि विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरी विभिन्न उत्पादन, आयमूलक, आय-आर्जन, स्वरोजगार र लघुउद्यमशील क्रियाकलापमा उनीहरुलाई सरिक गराई विपन्न, सीमान्तकृत र पिछडिएका वर्गको आर्थिक तथा सामाजिक जीवनस्तर लगायत समग्र पक्षको स्तरीकरण अभिबृद्धिमा उल्लेखनीय यागेदान गरेको छ ।

हाल देशका सात वटै प्रदेश गरी निम्न ३४ जिल्लाहरुमा शाखा कार्यालयहरु खोलि कार्यक्रम सच्चालन भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग, नुवाकोट, लमजुङ्ग, तनहु, गोरखा, कास्की, नवलपुर, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर जिल्लाहरुमा लघुवित्त कार्यक्रम सञ्चालनमा आइरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको