Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १० : ०३ मा प्रकाशित

महिला लघुवित्तको  आईपिओ बाँडफाँड सम्पन्न

महिला लघुवित्तले निष्काशन गरेको साधारण सेयर आईपिओको बाँडफाँड सम्पन्न भएको छ । आइपिओ बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज (शुक्रबार) बिहान ८ बजे आफ्नो हात्तिसार स्थित कार्यलयमा शेयर बाँडफाँड को काम सम्पन्न गरेको हो । 

कम्पनीको आईपिओमा हाल सम्मकै उच्च संख्यामा आवेदन परेको हो । कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा १५ लाख ३६ हजार ६८२ आवेदकको आवेदन मात्र सदर भएको   क्यापिटलले जनाएको छ । 
सदर भएका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई मात्र गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो । १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीको आईपिओमा आवेदन दिने आवेदकमध्य १५ लाख २ हजार ५ सय ३५ जना आवेदकहरुको हात खाली भएको छ । जसमा आवेदन रद्द भएकाहरुको संख्या पनि जोडिएको छ। 

कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कसरी हेर्न सकिन्छ नतिजा ?

हाल सम्म बिभिन्न अनलाइन सञ्चार माध्यामहरुबाट समेत आइपिओको नतिजा हेर्न मिल्दै आएकोमा यो पटक देखि भने यस्ता माध्यामहरुलाई नतिजा प्रकाशन गर्न नदिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

आज महिला लघुबित्तको आइपिओ नतिजा आवेकहरुले महिला लघुवित्तको  वेबसाइट, बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको  वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र हेर्न सक्ने छन् ।  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार यस लिङ्क क्लिक गरेर (www.boid.nsmbl.com.np) हेर्न सकिन्छ ।

बिभिन्न निजि संचारमाध्यामहरुलाई नतिजा प्रकाशन गर्न दिँदा व्यक्तिको गोपनियताको हक भंग हुने भन्दै सामाजिक सञ्जालमा यसको चर्को विरोध हुदै आएको थियो । 

सीडिएससीले प्रचलित कानुन बमोजिम नै यस्तो व्यबस्था लागु गरेको जनाएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८  को बुँदा ४७ मा ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ । भनि उल्लेख गरिएको छ ,सोहि अनुसार आईपिओ निष्काशनकर्ता कम्पनी, सिडीएस स्वयं र बिक्रि प्रबन्धकले मात्र नतिजा प्रकाशन गर्न पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको