Like us!
Follow us!
Connect us!
Watch us!

वायुसेवा निगमले गर्यो असोज मसान्तसम्मको जहाज खरिद बापतको ऋण भुक्तानी

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १९ : २७ मा प्रकाशित

वायुसेवा निगमले गर्यो असोज मसान्तसम्मको जहाज खरिद बापतको ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको असोज मसान्तसम्मको किस्ता भुक्तानी गरेको छ ।

निगमले दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३० गते जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको हो । यस अघि निगमले २०७९ को असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन फेरिएसँगै निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको जनाएको छ । नगद प्रवाहमा सुधार भए पश्चात् प्रमूख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरेको पनि उल्लेख गरेको छ ।

यसैगरी अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । नयाँ तीन जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबर्द्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र सेवा प्रभावकारी हुने निगमको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको