Like us!
Follow us!
Connect us!
Watch us!

कृषक प्रोत्साहनका कार्यक्रमलाई पोखरा महानगरले प्राथमिकता दिन्छ - मेयर आचार्य

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १२ : ५८ मा प्रकाशित

कृषक प्रोत्साहनका कार्यक्रमलाई पोखरा महानगरले प्राथमिकता दिन्छ - मेयर आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिने बताएका छन् । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता कृषकहरूको उत्पादनमा देखिएकाले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई थप प्राथमिकता दिइने बताए ।

“कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५/८० केजी सम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो, प्रमुख आचार्यले भने, गतवर्षदेखी नै हामीले विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरी ४४ लाख बढी अनुदान कृषकहरूलाई वितरण गरिसकेका छौँ ।” पैसा बाँडेर हुन्छ, भन्नेहरूका लागि यो एक आश्चर्यको विषय बनेको प्रमुख आचार्यले बताए ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालित छ । महानगरका वडाहरू वडा नं.१९,२०,२१,२४,२५ र २८ मा यो कार्यक्रम सञ्चालन लागु गरिएको छ । यस अन्तरगत विभिन्न प्रजातिका ७२ हजार बाख्राहरू कृषकको खोरमा रहेका छन् । प्रमुख आचार्यका अनुसार मागको आधारमा उत्पादन निकै कम रहेकाले यसलाई थप व्यवसायीक रूपमा विस्तार गरिनेछ । कृषकहरूलाई दिनुपर्ने सहुलियत तथा पशु सेवा सम्बन्धी चिकित्सकीय सेवाका लागि भेटेरिनरी डाक्टरको व्यवस्था गरिएको उनले बताए । आगामी दुई वर्षमा बाहिरबाट पोखरा आउने खसिबोका र बाख्राको आयातलाई रोक्ने गरी स्थानीय उत्पादन वृद्धिमा जोड दिएको उनले बताए ।

वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले कृषकहरूको हौसला बढाउँदै उनीहरूलाई अनुदान, प्रोत्साहन र लगानी सुरक्षणका गतिविधिहरूमा आफूहरू लागिरहेको बताए । वडाका कृषियोग्य भूमिहरूको पूर्ण उपयोग र सम्भावित पशुपालनमा कृषकहरूसँग हातेमालो गरी कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो । 

प्रदर्शनीमा पोखरा २८ का कृषक दिलु खनाल प्रथम भएका थिए । उनले पालेको बोका ७७ केजी तौल पुगेको छ । उनलाई प्रोत्साहन स्वरूप महानगरपालिकाको तर्फबाट रु.१० हजार प्रदान गरेको थियो छ । यस्तै प्रकाश रमण अधिकारी दोस्रो हुँदै रु.८ हजार, बुद्धि बहादुर तिमिल्सीनाले तेस्रो हुँदै रु.६ हजार र चतुर्थ हुँदै नारायण प्रसाद तिमिल्सीनाले नगद रु.४ हजार प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रदर्शनीमा ५ वटा भन्दा बढी खसी बोका ल्याउने १२ जना कृषकहरूलाई प्रोत्साहन स्वरुप नगद रु.२/२ हजार प्रदान गरिएको थियो ।    

२० केजी माथि तौल भएको खसी बोकाको मूल्य प्रतिकेजी रु.६४० र २० केजी भन्दा कम तौल भएको खसिबोकाको मूल्य प्रतिकेजी रु.६२० तोकिएको पशु सेवा शाखाले जनाएको छ । पोखरामा अधिकांश खरी, बोयर, जमुनापारि र स्थानीय जातको बाख्रा पालन गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको