Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरको आयोजनामा नवउद्यमी बजार मेला तथा बुट क्याम्प हुँदै

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १० : ३२ मा प्रकाशित

पोखरा महानगरको आयोजनामा नवउद्यमी बजार मेला तथा बुट क्याम्प हुँदै

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत व्यवसाय प्रवर्द्धन केन्द्र पोखराको आयोजनामा नव प्रवर्तन सम्बन्धी आइडिया मार्टको बुट क्याम्प शुरु भएको छ । 

माग गरिएका आवेदनहरू मार्फत प्राप्त व्यवसाय प्रवर्द्धन सम्बन्धी नयाँ आइडियाहरूको सामूहिक प्रस्तुति बमोजिम तिन दिने आइडिया मार्टको बुट क्याम्प सुरु गरिएको हो जसमा विभिन्न खाले १९ वटा आइडियाहरूका बारेमा प्रस्तुतीकरण र छलफल हुनेछ । मेलामा प्रदर्शन गर्नका लागि वैशाख १७ गतेदेखि ३० गतेसम्म विद्यार्थीहरुबाट विभिन्न छनोट क्षेत्रमा आधारित आइडियाको लागि आवेदन माग गरिएको थियो ।

बुट क्याम्पको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार शुभारम्भ गरेका थिए । उनले सहभागी विद्यार्थीहरुलाई प्रवर्द्धनात्मक आइडियाहरूको ऊर्जा, उत्साह र व्यवहारिकतालाई ध्यान दिन सुझाव दिए । कार्यक्रम जेठ ८ गतेसम्म आयोजना हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको