Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा सयपत्री फूलको दर रेट तोकियो, प्रति मालाको डेढ सयदेखि दुई सयसम्म

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १५ : ०६ मा प्रकाशित

पोखरामा सयपत्री फूलको दर रेट तोकियो, प्रति मालाको डेढ सयदेखि दुई सयसम्म

पोखरा महानगरले सयपत्री फूलको दर रेट तोकेको छ । महानगरले प्रति थुङ्गा, प्रति माला र प्रति केजी गरि विभिन्न ग्रेडको फरक फरक दर रेट तोकेको हो ।

फूललाई ए, बि, सि गरि तीन ग्रेडमा तोकिएकोमा ए ग्रेडको फूल १५-२० ग्रामसम्मको, बि ग्रेडको फूल १०-१५ ग्रामसम्मको तथा सि ग्रेडको फूल ५-१० ग्रामसम्मको रहेका छन् । ए ग्रेडको फूलको प्रति थुङ्गा पाँच रुपैयाँ, बि ग्रेडको फूलको प्रति थुङ्गा चार रुपैयाँ र सि ग्रेडको फूलको प्रति थुङ्गा दुई रुपैयाँ तोकिएको छ ।

यसैगरी ए ग्रेडको फूलको प्रति माला दुई सय रुपैयाँ, बि ग्रेडको फूलको प्रति माला एक सय ८० रुपैयाँ र सि ग्रेडको फूलको प्रति माला एक सय ५० रुपैयाँ तोकिएको छ । सबै ग्रेडको मालाको प्रति केजी भने चार सय नै तोकिएको छ ।

पोखरा महानगरले सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएको छ । यसैगरी प्लास्टिकका फूलमाला वितरणमा महानगरले प्रतिबन्ध लगाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको