Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १८ : ५५ मा प्रकाशित

चैत्र ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै

चैत्र ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको छ ।

पोखरा महानगरद्वारा जारी सूचना अनुसार पोखराको लेकसाइडस्थित बाराही घाटमा एक औपचारिक समारोहबीच घोषणा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि सहभागिता रहने जनाइएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, वरपरका पालिका र विभिन्न संघसंस्थाको पहलकदमीमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

औपचारिक समारोह अगाडि लेकसाइडको वसुन्धरा पार्कबाट र्यालीको आयोजना हुने पनि पोखरा महानगरले जनाएको छ । नेपाल आउने प्राय पर्यटक पोखरा पुग्ने गरेका छन् भने अन्नपूर्ण बेसक्याप, मनाङ, मुस्ताङ लगायत विभिन्न पर्यटकीय गन्तव्य स्थल मार्ग हुँदै जानका लागि पनि पोखरा पुग्नै पर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको