Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा प्लाष्टिकका फूल, गुच्छा र माला बिक्री गर्ने पसललाई जरिवाना तिराइयो

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, ०९ : ३२ मा प्रकाशित

पोखरामा प्लाष्टिकका फूल, गुच्छा र माला बिक्री गर्ने पसललाई जरिवाना तिराइयो

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन, आयात र बिक्री वितरण गर्ने पसलहरुलाई जरिवाना तिराएर त्यस्ता फूलमाला जफत गरेको छ ।

महानगरपालिका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो । महानगरले गत वर्ष पनि अनुुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । गत गर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
 
अनुुगमनमा महानगरपालिका उपप्रमुख मञ्जुुदेवी गुुरुङ, महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, गुणस्तर तथा नापतौल कार्यालय प्रतिनिधि विपिन पुरी, महानगर वन तथा वातावरण विज्ञ सन्तोष भटराई, महानगर खाद्य निरिक्षक स्मिता पौडेल, महानगर सहकारी उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, पत्रकारद्धय गौरव त्रिपाठी र बिनोद ढगानाको सहभागी थिए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउन १२ गते राजपत्रमा सुुचना प्रकाशित गरि सोही मितिदेखि प्लाष्टिक जन्य फुलका गुुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा असर परेको पर्ने भएकाले अनुुगमन गरिएको बताइन् । उनले अघिल्लो वर्ष  व्यसायीले गुनासो गरेपनिपछि अहिले आफैले हटाएर सहयोग गरेको बताइन् । चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उनले भनिन् ,‘गत वर्ष सचेत गराइएका केही ब्यापारिलाई जरिवाना सहित फुका माला जफत गरेका छौँ ।’

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सानोदेखि होलसेल पसल सम्म अनुगमन गरिएको बताए । प्लाष्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको