Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवको आयोजना संचालन गर्ने अपर तामाकोशीको १.२३ करोड हकप्रद कित्ता नबिक्नुको अर्थ के ?

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, २० : २० मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना संचालन गर्ने अपर तामाकोशीको १.२३ करोड हकप्रद कित्ता नबिक्नुको अर्थ के ?

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको शत प्रतिशत हकप्रद हालै मात्र बन्द भएको छ। कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गरेको थियो । अर्थात १०० रुपैयाँ अङ्कित १० करोड ५९ लाख कित्ताको लागि आवेदन खुलाएको थियो। 

हकप्रदमा राम्रो मात्रामा लगानीकर्ताको सहभागिता हुने गरेतापनि यस कम्पनीको हकप्रदमा भने सेयरधनीले आवेदन दिने इच्छा देखाएनन । कम्पनीले कति कित्ताको आवेदन परेको कति नबिकेको अझै सम्म अन्तिम तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन। तर पनि स्रोत अनुसार झन्डै १ करोड २३ कित्ता सेयर नबिकेर यी सेयरलाई अकसन मार्फत फेरि  सर्वसाधारणलाई खुलाउने तयारीमा कम्पनी लागेको बुझिएको छ। 

राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भएपनि सेयरधनी नै कम्पनीमा आकर्षित बन्न नसक्नु कम्पनीको सब्बल पक्ष भने पक्कै होइन।  कम्पनीले पछिल्लो समय आर्कषक सार्वजनिक गरेको वित्तीय विवरणले पनि धेरै लगानीकर्तालाई झस्काएको हुनसक्छ। 

अप्पर तामाकोशीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको नै देखिएको थियो। 

गत आर्थिक वर्षको अन्त्य सम्म कम्पनी नोक्सानी मै रहेको देखिन्छ।  बैंकको खुद नोक्सानी पछिल्लो विवरण अनुसार  ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ जुन गएको वर्षमा अझ बढेको छ। 

कम्पनीको प्रति अझै प्रति सेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ।गएको अवधिसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा रहेको छ।

दोस्रो बजारमा कम्पनीको कमजोर प्रदर्शनले पनि कम्पनीमा लगानीकर्तालाई आकर्षण नभएको बुझ्न सकिन्छ। हाल दोस्रो बजारको मुल्य पनि २०० रुपैयाँको वरिपरि घुमेको देखिन्छ। 

कम्पनीले निर्माण गर्ने भनेको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणको ढिला ढिलासुस्ती, संस्थागत सुशासन कायम गर्ने नसक्नु र आयोजनाको ऋण कम गराउन नसक्नुले पनि राष्ट्र गौरवको आयोजनामा लगानीकर्ता आर्कर्षित हुनसकेका छैनन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको