घलेम्दी हाइड्रोपावरको दुई सय प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरिएको छ । उक्त कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको थियो ।
आज कायम अन्तिम कारोबार मूल्य एक सय ७४ रुपैयाँ ६० पैसामा मूल्य समायोजन गरेको हो । समायोजित मूल्य अनुसार अब दशैं पछि घलेम्दी हाइड्रोपावरको सेयर कारोबार एक सय २४ रुपैयाँ ८७ पैसामा खुल्नेछ । कम्पनीले हकप्रद सेयरको लागि कात्तिक ३ गते बुक क्लोज घोषणा गरेको छ ।
कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रदबाट उठेको पैसा संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर लगानी तथा बाकिँ पैसाले ऋण तिर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस