Like us!
Follow us!
Connect us!
Watch us!

कसरी चिन्ने सक्कली नोट ? राखिराख्नुहोस् यी सामान्य जानकारी

अर्थ संसार

बुधबार, ०८ कार्तिक २०८०, १३ : १५ मा प्रकाशित

कसरी चिन्ने सक्कली नोट ? राखिराख्नुहोस् यी सामान्य जानकारी

चाडबाडका कटकटे नयाँ नोट देख्दा कहिलेकाहिँ सक्कली नै हो कि हैन जस्तै कतिपयलाई लाग्नेगर्छ । नोटबारे सामान्य जानकारी राखे सक्कली नोट चिन्न खासै गार्हो भने हुँदैन । कसरी चिन्ने सक्कली नोट आउनुहोस् यी नोटका विशेषताहरु जानी राखौँ :

सक्कली नोटमा वाटरमार्क अर्थात पानीछाप रहेको हुन्छ । नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

नोटलाई उज्यालोतर्फ फर्काएर फेर्दा एनआरबी लेखिएको अक्षरहरु पूर्ण भएर देखिन्छ । नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा देखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको छाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ । नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागल‌ाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त पाइनेछ ।”, कुवेरको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ । नोटमा रहेको कुवेरको आकृतिको रंग नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागल‌ाई हेर्दा उक्त आकृति सुनौलो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रंगको देखिने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको