Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेस अवरोधका कारण संसद बैठक आइतबारसम्मका लागि स्थगित

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १२ : ४७ मा प्रकाशित

काङ्ग्रेस अवरोधका कारण संसद बैठक आइतबारसम्मका लागि स्थगित

आजको बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठक शुरु गरेलगत्तै काङ्ग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेका थिए । सभामुख घिमिरेले संसद अघि बढाउने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको रहेको बताए पनि काङ्ग्रेस सांसदहरुले होहल्ला गर्दै बैठक अवरुद्घ गरेका हुन् ।

बैठक अवरुद्ध भएसँगै सभामुख घिमिरेले आज कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाई जेठ २३ गते आइतबार ११ बजे आगामी बैठक बस्ने जानकारी गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको