Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे १७ करोड बढी लगानी गर्दै

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १७ : १३ मा प्रकाशित

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे १७ करोड बढी लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे १७ करोड भन्दा बढी लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले एक वर्षे मुद्दती निक्षेपका रुपमा 'क' वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा दुई करोड ६५ लाख तथा 'ग' वर्गका राष्ट्रिय स्तरमा फाइनान्स कम्पनीमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो । राष्ट्र बैंकले २०८० को मङ्सिर ४ गतेदेखि २०८१ को मङ्सिर ३ गतेसम्म गरि एक वर्षका लागि कुल १७ करोड ६७ लाख रुपैयाँ मुद्दतिमा लगानी गर्नेछ ।

राष्ट्रबैंकले तोकेको शर्तहरु पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरु आफूले प्रस्ताव गरेको ब्याजदरसहित लिन चाहेको रकम उल्लेख गरि आवेदन दिन सक्ने उल्लेख गरिएको छ । तोकिएको शर्तहरुमा तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, कर्जा निक्षेपको अनुपात तोकिएको सीमा भित्र रहेको, एनपिएल कुल कर्जाको पाँच प्रतिशत भन्दा कम रहेको लगायत रहेका छन् ।

पछिल्लो समयमा अधिक तरलताको अवस्थामा रहेका बैंकहरुलाई थप बचत रकम थपिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको