स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) अपरान्ह ३:१५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० कोमुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।अर्थात बैंकको एक सेयर बराबर सेयरधनीले लाभांशको रुपमा १९ रुपैयाँ पाउनेछन् ।
यस लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभा बोलाउने छ त्यसपछि साधारणसभाले पारित गर्नेछ त्यसपछि मात्र सेयरधनीमा उक्त लाभांश पाउनेछन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस