Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : देशभर आंशिक बदलीदेखि सफा मौसम रहने

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, ०७ : ३२ मा प्रकाशित

आजको मौसम : देशभर आंशिक बदलीदेखि सफा मौसम रहने

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

 विभागका अनुसार आज राति देशभर आंशिक बदली देखि सामान्यतया सफा मौसम रहनेछ । देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा तथा  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउ अपनाउन विभागले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको