नयाँ सरकार गठनपछि पहिलोपटक सरकारले पुँजी बजारलाई प्राथमिकतासहित सम्बोधन गरेको छ। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सेयर बजारको विकास र विस्तारलाई पनि प्राथमिकतामा राखेको हो।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को पूँजी बजारमा सहभागिता विस्तार गरिने उल्लेख गरेका छन् । सरकारले दीर्घकालीन लगानी आकर्षित गर्दै बजारलाई स्थायित्व दिन संस्थागत लगानीकर्ताको उपस्थिति बढाउन खोजेको विश्लेषण गरिएको छ।
पुँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरुप विकास गरिने, धितोपत्र नियमन, नेप्से तथा क्लियरिंग प्रणालीको पुन: संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने,ऋणबजार, बन्ड बजार, पूर्वाधार बन्ड, जोखिम व्यवस्थापन उपकरण विकास गरि दिर्घकालिन पुँजी निर्माण गरिने , वैकल्पिक विकास वित्त, डायसपुरा पुँजी र निजी लगानी परिचालन गरि पूर्वाधार वित्तपोषणको नयाँ मोडल लागु गरिने उल्लेख गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस