Like us!
Follow us!
Connect us!
Watch us!

पुस मसान्तसम्म यस्ता कर्जा पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिने

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, ०७ : ३५ मा प्रकाशित

पुस मसान्तसम्म यस्ता कर्जा पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिने

राष्ट्रबैंकले विभिन्न किसिमका कर्जालाई आउँदो पुस मसान्तसम्म पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिने सुविधा दिएको छ ।

होटल तथा रेस्टुरेन्ट, पशुपंशीपालन, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कर्जाहरु पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिनेछ । यसैगरी निर्माण उद्योगअन्तर्गतका सिमेन्ट, डण्डी, इँटा, ब्लक, पाइप एन्ड फिटिङ्ग्स उद्योग र पाँच करोडसम्मका अन्य कुनै पनि व्यवसायका लागि लिइएका  कर्जामा पनि यो सुविधा पाउन सकिन्छ ।

२०७९ सालको चैत मसान्तमा कर्जाको भाखा नाघेको ९० दिन नपुगेका ऋणीहरुले पुनर्संरचना र पुर्नतालिकीकरणका लागि कर्जा लिएको संस्थासँग अनुरोध गर्न सकिन्छ । यसका लागि बुझाउन बाकिँ ब्याजको कम्तिमा १० प्रतिशत भने भुक्तान गर्नुपर्नेछ भने व्यवसायको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पनि पेश गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको