Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, कहाँ र कहिले बस्ने छ सभा? बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, ०७ : ५५ मा प्रकाशित

सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, कहाँ र कहिले बस्ने छ सभा? बुक क्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो साधारणसभा तथा लाभांश प्रयोजनार्थ कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारणसभा सम्बन्धि विभिन्न निर्णयहरु गरेको हो । कम्पनीका अनुसार आगामी मङ्सिर ५ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेबाट साधारणसभा सञ्चालन हुनेछ । साधारणसभाका सामान्य प्रस्तावमा २२ औं वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण छलफल गरि पारित गर्ने, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायत रहेका छन् ।

कम्पनीले गत वर्षसम्मको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको