Like us!
Follow us!
Connect us!
Watch us!
मेलामा २० देशका आयातकर्ता आउने अपेक्षा, पेभेलियन र स्टलको प्रतिस्पर्धा हुने , २ लाख अवलोकनकर्ता आउने, १० करोडको कारोबार हुने अनुमान, कला प्रतियोगिता हुने, बरिष्ठ कलाकारको सम्मान गरिने

हस्तकला ब्यापार मेला अर्को सातादेखि

आइतबार, ०५ मंसिर २०७३, २० : ५४ मा प्रकाशित

हस्तकला ब्यापार मेला अर्को सातादेखि

अर्थ संसार
काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा आगामी साता काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा हुने १४ औें हस्तकला ब्यापार मेलाको तयारी पूरा भएको छ । 
महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले २०४८ साल देखि सुरु भएको मेलाको यो १४ औं संस्करण हो । मेला मंसिर १० देखी १४ गतेसम्म हुने छ । 

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा प्रत्येक वर्ष महासंघले व्यापार मेला आयोजना गर्दै आएको छ । 

मेलामा १७६ स्टल हुने
मेलामा ७ वटा प्याभिलियनसहित १७६ स्टल रहने छन् । सबै प्याभिलियनसहित स्टलहरु बिक्री भईसकेको महासंघले जनाएको छ । मेलामा रहने प्याभिलियनमध्ये उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई नगद पुरस्कारको ब्यवस्था छ । 

प्रस्तुत मेलामा नेपाल भित्र महासंघका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी, ब्यवसायीहरु, काठमाडौं उपत्यकालगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिकै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई उच्च प्राथमिकता दिई प्रदशर््ानीे तथा बिक्रीका लागि राखिने जनाइएको छ । 

प्रदर्शनीमा केके हुनेछन् ?
मेलामा  काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् । नेपाल एकिकृत व्यापार रणनीतिभित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराईने छ ।

मेलाको आकर्षण 

एकै छाता मुनि हस्तकलाको बृहत प्रदर्शनी तथा विक्री
१२ औं हस्तकला प्रतियोगिता
उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रर्दशनी
हस्कलाका सामाग्रीको आगामी बर्ष २०१७÷१८ को ट्रेन्ड डिस्प्ले
मेलामा प्रर्दशीत हुने हस्तकलाका वस्तु मध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता
मेला मार्फतअर्मूत सास्कृतिक सम्पदाको उजागर गरिने 

हस्तकला प्रतियोगिता हुने
ब्यापार मेलाको अवसरमा हस्तकला क्षेत्रका कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले फेडेक्स एभरेस्ट डे कार्गो, काठमाडौ. महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको सहयोगमा फेल्ट उल बिधा र प्रस्तरकलामा १२ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना गरिने छ । प्रतिभा पहिचान तथा मूल्यांकन गर्ने क्रममा यस वर्ष आधुनिक विधा तर्फ बुनाई र परम्परागत विधातर्फ धातु पत्रकला (थ्वो ज्या मा ज्या) मा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी हौसला बढाउने एवं यस क्षेत्रका कलाकारहरुलाई कदर सम्मान गरी हस्तकला बिकासमा सहयोग पु¥याउने उद्देश्यले १४औं हस्तकला व्यापार मेलाको अवसरमा प्रर्दशनी स्थलमा १२औं हस्तकला प्रतियोगिता  (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) प्रत्यक्ष जीवन्त प्रदर्शन  गरिने छ ।
उल्लेखित प्रतियोगितामा उत्कृष्ट घोषित प्रतिविधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा  प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । 
 

ड्रेन्ड डिस्प्ले हुने
व्यापारमेलामा हस्तकलाका विभिन्न वस्तुहरुका आगामी वर्ष २०१७÷१८ को ट्रेन्ड डिजाईन प्रक्षेपण गरी मेलामा प्रदर्शनी गरिने छ । उक्त डिजाईन प्रक्षेपणमा नेपाली हाते कागज, सेरामिक, पश्मिना तथा उनीजन्य वस्तुको साथै चाँदीजन्य र धातुकलाका वस्तुहरु तथा प्राकृतिक रेशाका सामग्रीहरुको आगामी २०१७÷१८ को डिजाईन प्रक्षेपण एवं प्रर्दशनी पनि गरिने छ । विभिन्न श्रोत व्यक्तिबाट ट्रेन्डसम्वन्धी प्रस्तुतिहरु पनि गरिने छ ।

अमूर्त सास्कृतिक सम्पदा
हस्तकला र संस्कृतिवीच अन्योन्याश्रित सम्वन्ध छ । विभिन्न जाति जन जातिका संस्कृतिमा आधारित रही हस्तकलाका वस्तुहरु उत्पादन गरिन्छन् । यसै वास्तविकतालाई मध्यनजर राखि यस मेलाको प्रमुख आकर्षणको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको अवधारणालाई समावेश गरिएको छ । जसमा नेपालका भौगोलिक क्षेत्रहरु हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने जातिय भेषभुषा, परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सास्कृतिक कार्यक्रमहरुलाई मेलाको दौरानमा प्रस्तुति गरिने छ । 

यसै क्रममा मेलाको उद्घाटन र समापनको दिनबाहेक अरु ३ दिन शेर्पा जातिको प्रतिनिधित्व गर्ने शेर्पा संस्कृति, कठमाडौ उपत्यकाका साथै नेवारी जनजीवन र संस्कृतिको प्रतिनिधित्व गर्ने हिसावबाट नेवारी संस्कृति र तराईको प्रतिनिधित्व गर्ने थारु संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरु गरिने छन् ।

यही क्रममा मेलाको दोस्रो दिन मंसिर ११ गते हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने गरि शेर्पा संस्कृतिका याक नृत्य, शब्रु नृत्य र शिली नृत्य प्रस्तुत गरिने छ । मेलाको तेस्रो दिन मंसिर १२ गते पहाड÷काठमाडौ उपत्यकाबाट नेवारी सस्कृति झल्कने प्रस्तुतिहरु दाफा भजन, नौ वाजा, धिमे नाच र अष्टमातृका नाचहरुको प्रस्तुति गरिने छ । यस्तै मेलाको चौथो दिन मंसिर १३ गते तराई क्षेत्रको प्रतिनिधित्व गर्ने गरी तराईका आदिवासी जनजाति थारु समुदायको छोकरा नृत्यका साथै उक्त समुदायको खानाको विभिन्न परिकारहरु पनि प्रस्तुत गरिनेछ । अर्मूत सस्कृतिक सम्पदाका कार्यक्रमहरु हिमालयन डिष्टीलरीले गरेको छ ।
 

हस्तकला क्षेत्रको उत्कृष्ट उद्यमी चयन हुने
ब्यापार मेला तथा १२ औ हस्तकला प्रतियोगिताकै अवसर पारेर नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन कार्यमा निरन्तर क्रियाशील भई यस क्षेत्रमा विशेष योगदान पु¥याउने उत्कृष्ट उद्यमीलाई सम्मान गरिने छ । महासंघले हरेक वर्ष यस किसिमको सम्मान प्रदान गर्ने गरेको छ । 

बिजनेस टु विजनेस बैठक 
व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं बिकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र  सहभागि फर्म कम्पनीहरु बीच मेला स्थलमा क्रेता बिक्रेता वैठक आयोजना गर्ने कार्यक्रम आयोजकले जनाएको छ । यस क्रेता बिक्रेता बैठकले स्थानिय बजारको साथै अन्तर्राष्ट्रिय बजारमा पहुच नभएका फर्म कम्पनीहरुलाई आफ्नो बस्तुहरुको बजारीकरण गर्न सहयोग मिल्नुको साथै बिभिन्न संभाब्य क्रेताहरुसंग व्यवसायिक सम्वन्ध विकास हुनेछ । बिभिन्न स्वदेशी तथा बिदेशी क्रेताहरुलाई पनि नेपाली हस्तकलाका नयाँ बस्तु, डिजाईन र बजारका बारेमा जानकारी उपलब्ध हुने अपेक्षा आयोजकको छ । 

उत्कृष्ट वस्तु सम्मान
नवोदित वस्तुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले मेलामा भाग लिने प्रर्दशनकर्ताहरुको उत्कृष्ट वस्तुहरु लिई ती वस्तुहरुलाई एकै स्थानमा प्रर्दशन गर्ने व्यवस्था मिलाईने आयोजकले जनाएको छ । साथै मेलामा राखिएका वस्तुहरुमध्येबाट परम्परागत विधा, टेक्सटाईल÷होमडेकोरेशन र फेशन एसेसरिज÷फयुजन विधा भित्र वर्गिकरण समावेश उक्त तीन वर्गीकरण मध्येबाट उत्कृष्ट एक÷एक वस्तुलाई पुरष्कृत गरिने मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए ।

विदेशी २० मुलुकका आयातकर्ता आउने अपेक्षा
मेलामा, चीन, ईरान, संयुक्त अरव इमिरेट्स, भुटान, श्रीलंका लगायतका देशहरुबाट २० जनाभन्दा बढी विदेशी आयातकर्ता  आउने अपेक्षा महासंघले राखेको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध आयोजकले गरेको छ । उक्त व्यवस्था बढीमा २५ जना आयातकर्ताकाको लागि मिलाईएको संयोजक उपाध्यायले जानकारी दिए । 

२ लाख अवलोकनकर्ताको अपेक्षा
मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान महासंघको छ । तीमध्ये ३० हजार आगन्तुकको लागि  निशुल्क प्रवेश पास वितण गरिने जनाइएको छ ।
मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डरसमेत गरी १० करोडभन्दा बढिको कारोवार हुने अपेक्षा आयोजकको छ । 

कला प्रर्दशनी हुने
महासंघको कला तथा शिल्प परिषदको संयोजनमा व्यापार मेलाको प्रांगणमा कलाकारहरुको पहिचान र प्रर्वद्धनका लागि वरिष्ठ कलाकारहरुको समेत सहभागितामा कला प्रर्दशनी हुनेछ । यस प्रर्दशनीमा ८ जना वरिष्ठ कलाकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम छ । सम्मान गरिने वरिष्ठ कलाकारमा काजीरत्न शाक्य, आनन्दराज शाक्य, चिनीकाजी शाक्य, सत्यमोहन जोशी, बेखारत्न शाक्य, कालु कुमा, नेमानन्द शिल्पकार र रुद्रराज शाक्य छन् । 
मेलाको उद्घाट्न उप राष्ट्रपतिले गर्नेछन् । मेला अवलोकन गर्न ५० रुपैयँको ५० काट्नु पर्ने छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत दिने आयोजकले जनाएको छ । जेष्ठ नागरिक र अपाङ्गलाई निशुल्क पासको ब्यवस्था गरिने पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान  छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फान्स, बेलायत,नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत ८० भन्दा बढी मुलुकहरुमा ५० भन्दा बढी बिभिन्न थरिका हस्तकला बस्तुहरुको १० अरबभन्दा बढीको निर्यात हुने गरेको छ । यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अरब बराबरको रहेको हाम्रो अनुमान छ । यस क्षेत्रमा ११ लाखभन्दा वढी ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । 

5831be6845316.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको