दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज (असार १८ गते) बिहान ५:०६ बजेसम्म ५८ हजार ७९७ जना आवेदकले कुल ११ लाख ७५ हजार २० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयर संख्याको तुलनामा करिब ४.०२ गुणा बढी माग हो।
दरमखोलाले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि २ लाख ९१ हजार १५० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो। यस सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद असार २३ गतेसम्म तोकिएको छ।
विदेशमा रहेका नेपालीहरूले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री व्यवस्थापनको जिम्मा लक्ष्मी सनराइज क्यापिटललाई दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस