सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन्। मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिइए पनि अवज्ञा भएपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका हुन्।
मन्त्री चौधरीले बजेट निर्माण प्रक्रियामा वित्तीय अनुशासन पालना नगरेको, साथै खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्ति गर्दा मन्त्रालय र मन्त्रिपरिषदलाई जानकारी नदिएको आरोप लागेको थियो। ती कारण देखाउँदै मुख्यमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।
उक्त निर्णयपछि चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक छलफलमा जुटेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीले संघ र प्रदेश दुवै सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
हाल सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको गठबन्धनमा सरकार सञ्चालन भइरहेको छ। प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा पर्ने स्थिति छैन, किनभने ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस