Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन बेलायतमा लगानी सम्मेलन

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १३ : ५८ मा प्रकाशित

नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन बेलायतमा लगानी सम्मेलन

नेपालमा जलविद्युत लगायतका क्षेत्रमा लगानी भित्र्याउन बेलायतमा लगानी सम्मेलन आयोजना गरिने भएको छ ।

दुई देशबीच मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन गरिएको हो । नेपाल र बेलायतबीच २१ डिसेम्बर १९२३ मा मैत्री सन्धी भएको थियो । बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेश्नल इन्भेष्टमेन्टको सहयोगमा सिटी अफ लण्डनको मेनसिन हाउसमा आज मङ्गलबार हुने सम्मेलनमा बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रहरुमा लगानीको अवसर बारे जानकारी दिइने छ ।

सम्मेलनमा नेपालको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका प्रतिनिधिहरुको प्रस्तुतिकरण रहने जनाइएको छ । उनीहरुले नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालमा लगानीको सम्भावना र व्यवसायिक वातावरणका जानकारी गराउनेछन् । सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरु, सम्बन्धित सरकारी निकायहरु एवं संस्थागत लगानीकर्ता कम्पनीका प्रतिनिधिहरु सहभागी रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको