Like us!
Follow us!
Connect us!
Watch us!

अल टाइम हाई पुगेपछि सुनको भाउमा करेक्सन जारी

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, ११ : ३४ मा प्रकाशित

अल टाइम हाई पुगेपछि सुनको भाउमा करेक्सन जारी

शनिबार इतिहासकै उच्च विन्दुमा पुगेको सुनको भाउ पछिल्लो तीन दिनमा भने तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पाँच सयले घटेको सुनको भाउ मङ्गलबार थप पाँच सय रुपैयाँले घटेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रति तोलाको एक हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको