Like us!
Follow us!
Connect us!
Watch us!

विशेषको फैसालाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, ०६ : २४ मा प्रकाशित

विशेषको फैसालाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएकामा आयोगले पर्यटन कार्यालय जनकपुरका ओभरसेयर ओमप्रकाश यादव, अजयकुमार यादव र अनिरुद् मण्डलले भ्रष्टाचार गरेकामा विशेष अदालतले गरेको निर्णयमा पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएको आयोगले आज जनाएको छ ।

त्यसैगरी आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी भ्रष्टाचार गरेकी नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीलाई विशेष अदालतले सफाई दिएकामा त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको