Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर बन्ने बाटो खुल्यो डा. विश्व पौडेलका लागि, सर्वोच्चको निर्णयले रोक हटायो

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, १७ : १० मा प्रकाशित

गभर्नर बन्ने बाटो खुल्यो डा. विश्व पौडेलका लागि, सर्वोच्चको निर्णयले रोक हटायो

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न अर्थशास्त्री डा. विश्व पौडेललाई अब कुनै कानुनी रोक बाँकी छैन। मंगलबार सर्वोच्च अदालतले उनीविरुद्ध दायर गरिएको रिटलाई खारेज गर्दै गभर्नर बन्ने बाटो आधिकारिक रूपमा खुला गरिदिएको हो।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त रिट दरपिठ गर्ने अघिल्लो सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेसँगै, पौडेलको सम्भावित नियुक्तिमा देखिएको कानुनी अन्योल अन्त्य भएको छ।

डा. पौडेलविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट दायर गर्दै ‘गभर्नर बन्न अयोग्य’ रहेको दाबी गरेका थिए। तर, सर्वोच्च प्रशासनले गत शुक्रबार नै उक्त रिटलाई नपच्ने ठहर गर्दै दरपिठ गरिसकेको थियो। रिट खारेजको निर्णय पुनःविचार गर्न दायर गरिएको निवेदन पनि अदालतले अस्वीकार गरेपछि पौडेललाई नियुक्त गर्न बाटो खुलेको हो।

स्रोतका अनुसार, डा. पौडेलको नाममा राजनीतिक सहमति यसअघि नै भइसकेको हो। तप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति बनिसकेको थियो। 

नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक एवं योजना आयोगका उपाध्यक्षसमेत भइसकेका डा. पौडेल बैंकिङ तथा आर्थिक क्षेत्रको गहिरो समझ भएका अर्थशास्त्रीका रूपमा चिनिन्छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको