Like us!
Follow us!
Connect us!
Watch us!

भुकम्प पीडितलाई अर्ना बियरले २५ लाख सहयोग गर्ने

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १८ : १७ मा प्रकाशित

भुकम्प पीडितलाई अर्ना बियरले २५ लाख सहयोग गर्ने

शुक्रबार मध्यरातमा जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पका पीडितलाई अर्ना बियरले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

अर्ना बियर उत्पादक कम्पनी यति ब्रुअरी लिमिटेडले उक्त सहयोग रकम दिने घोषणा गरेको कम्पनीले भुकम्पमा गुमाउनुहुने प्रति हार्दिक सम्वेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि पनि कामना गरेको छ ।

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुइँचालोमा परी हालसम्म एक सय ५० भन्दा बढीको ज्यान गइसकेको छ भने करिब दुई सय जना घाइते भएका छन् । भुकम्प प्रभावित क्षेत्रका भौतिक संरचनामा निकै ठूलो क्षति पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको