Like us!
Follow us!
Connect us!
Watch us!

एसिया क्वालिफायरको फाइनलमा सुपर ओभरमा हार्यो नेपाल, ओमान बन्यो च्याम्पियन

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १४ : ४१ मा प्रकाशित

एसिया क्वालिफायरको फाइनलमा सुपर ओभरमा हार्यो नेपाल, ओमान बन्यो च्याम्पियन

टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको फाइनल खेलमा ओमानले नेपाललाई पराजित गर्दै उपाधि चुमेको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले शुरुवात भने खराब गर्यो । टिमको १५ रनमै पहिलो विकेट गुमाएको नेपालले १० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ६० रन मात्र बनाएको थियो । तर पछिल्लो १० ओभरमा भने शानदार कमब्याक गर्दै टोलीले १ सय २४ रन जोड्न सफल भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१  रन बनाउँदा कप्तान रोहित पौडेलले ५२ र करन केसीले २० रन बनाए । यसैगरी नेपालका गुल्सन झाले २५ बलमै ५४ रनको बेजोड पारी खेले ।

बलिङतर्फ ओमानका बिलाल खानले ३ तथा आकिब इल्यासले २ विकेट लिए । प्रतिउत्तरमा एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि निर्धारित २० ओभरमा १ सय ८४ रन जोडेपछि खेल सुपरओभरमा पुगेको थियो । ओमानका लागि कश्यप प्रजापतिले ६३ रन, आकिब इल्यासले ३३ र मोहम्मद नदीमले २४ रनको योगदान दिए । जिसन मक्सुदले पनि २६ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २-२ विकेट लिए । खेलको १९ र २० औं ओभरमा लामिछाने र अविनाश बोहोराले उत्कृष्ट बलिङ गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा भने अविनाशले राम्रो बलिङ गर्न सकेनन् । पहिले बलिङ गरेको नेपालविरुद्ध ओमानले ६ बलमै २१ रन बनायो । ओमानका नसिम खुशीले तीन छक्कासहित १९ रन बनाए । प्रति उत्तरमा नेपालले सुपर ओभरको पहिलो बलमै कुशल भुर्तेललाई गुमायो र पूरा ओभरमा १० रन मात्र बनाउँदै हार बेहोर्न पुग्यो ।

दुवै टोली २०२४ को टि-२० विश्वकपमा भने छनोट भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको