Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रको पहलसँगै लामिछानेलाई दूतावासले अन्तर्वार्ताका लागि बोलाउँदै

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १४ : २७ मा प्रकाशित

परराष्ट्रको पहलसँगै लामिछानेलाई दूतावासले अन्तर्वार्ताका लागि बोलाउँदै

खेलकुद मन्त्रालयको सक्रियता तथा परराष्ट्र मन्त्रालयको पहलसँगै अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको छ ।

परराष्ट्र मन्त्रालयले "भिसा नोट" लेखेर पठाएपछि दूतावासले आज अन्तरवार्ताका लागि बोलाउने जानकारी दिएको जनाइएको छ । अमेरिकाले बलात्कार मुद्दामा हालसालै सफाई पाएका लामिछानेलाई यसअघि भिसा दिन अस्वीकार गरेको थियो । त्यसविरुद्ध सन्दीपका समर्थक सडकमै उत्रेर प्रदर्शन थालेपछि सरकारलाई भिसा सहजीकरणका लागि थप दबाब परेको छ ।

जुन महिनाको ४ तारिखमा अमेरिकको प्रेरी भ्यु मैदानमा नेदरल्यान्ड्सविरुद्ध नेपालले विश्वकपकको पहिलो खेल खेल्नेछ । प्रतियोगितामा आफ्नो दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकाकै सामना गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको