Like us!
Follow us!
Connect us!
Watch us!

सबै स्थानीय तहमा नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन खेलकुद मन्त्रालयको अनुरोध

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १३ : ३० मा प्रकाशित

सबै स्थानीय तहमा नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन खेलकुद मन्त्रालयको अनुरोध

युवा तथा खेलकुद मन्त्रालयले टिट्वान्टी विश्वकप अन्तर्गत नेपालले खेल्ने सबै खेलको देशका सबै स्थानीय तहमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई पत्र लेख्दै खेलकुद मन्त्रालयले स्थानीय तहमा उपलब्ध स्रोत र साधनबमोजिम उपयुक्त स्थानमा खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । पत्रमा खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहरीकरणका लागि सचिव स्तरीय निर्णय अनुसार अनुरोध गरिएको उल्लेख गरिएको छ ।

आज राती ९:१५ बजे आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्डको सामना गर्दैछ । नेपालले टिट्वान्टी विश्वकप खेल्न लागेको यो दोस्रोपटक हो । यस अघि सन् २०१४ मा नेपालले विश्वकप खेलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको